फागुन ३ गते भिमप्रसादको स्मृतिमा 'मुस्ताङ कप' हुँदैं
पाेखरा | माघ १५, २०८१
पोखरा: मुस्ताङ फेमेलीले स्वर्गीय भिमप्रसाद गौचनको स्मृतिमा पहिलो संस्करणको ‘मुस्ताङ कप खुला फाइभ ए साइड फुटसल’ प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
पोखराका ११ स्थित रानीपौवा स्पोटस् सेन्टरमा आगामी ३ गते स्वर्गीय भिमप्रसादको सम्झनामा फुटसल प्रतियोगिता अयोजना गर्ने संयोजक टाँसी गुरुङले जानकारी दिए ।
उनका अनुसार उक्त प्रतियोगितामा मुस्ताङ भित्रका स्थायी बासिन्दाले मात्र खेल्न पाउनेछन् ।
संयोजक गुरुङले आपसी भाइचारको सम्बन्धलाई सुमधुर बनाउने र स्थानीय खेलाडीलाई प्रोत्सहान गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको बताए ।
उनले आगामी वर्षपनि उक्त प्रतियोगितालाई निरन्तरता दिने जानकारी दिए ।
सो प्रतियोगिताको विजेताले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले नगद रु २५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
यस्तै विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई नगदसहित आकर्षक पुरस्कारको व्यवस्था रहेको छ ।
सो प्रतियोगिताको मुख्य प्रायोजन स्व. भिमप्रसाद गौचनको जापानमा कार्यरत छोरा बुद्धि गौचन र जित गौचनले गरेका छन् ।
प्रतियोगिता सहभागिता जनाउनका लागि टिम दर्ता शुल्क ४ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
टिम दर्ता फोनमार्फत (९८१६१९३४५३, ९८६७६४४४६०, ९८०२८५०७७८) पनि गर्न सकिने अयोजकले जनाएको छ ।
कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी भएकी छिन्। शुक्रबार राति सम्पन्न मतगणनामा रास्वपाकी गुरुङले प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २० हजार ८ सय ५५ ...
पोखरा। कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल लोकप्रिय मतका साथ विजयी भएका छन् । एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा र...
चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो । गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दा...

